Techie IT
Hetauda Khabar

हेटौंडा टिसीएन रोडको रेलिङ्ग विवाद- उपमहानगरलाई अर्को मुद्दा, ७ दिन भित्र जवाफ पेस गर्न आदेश


हेटौंडा उपमहानगरपालिका-१० टिसीएन रोडमा जेब्रा क्रसिंङ्गनै छेकिने गरी हेटौंडा उपमहानगरपालिकाले लगाएको बार (रेलिङ्ग) को विषयमा उच्च अदालतले उपमहानगरलाई लिखित जवाज माग गरेको छ ।

उपमहानगरपालिकाले केहिदिन अघि प्रहरी परिचालन गरेर टिसीएन सडकको दायाँबायाँ बार लगाएको थियो । स्थानीयको घरमा पस्नै समस्या हुनेगरी र क्रसिंङ्गमै बार हालेपछि स्थानीयले उक्त कार्य रोक्नका लागि अदालतमा मुद्धा दायर गरेका थिए ।

गत जेठ १८ गते अदालतले उक्त कार्य रोक्न अन्तरिम आदेश जारी गरेको थियो । तर अदालतको आदेशलाई समेत अटेर गर्दै हेटौंडा उपमहानगरपालिकाले बार लगाउनेकाम रोकेको थिएन । अदालतको आदेशलाई समेत अवज्ञा गरेपछी पुनः उच्च अदालत पाटन हेटौंडा इजलाशमा यसै विषयमा अदालतको अवहेलना मुद्धा दायर भएको थियो । बिहिबार न्यायाधीस यमुना भट्टराई र मिना गौतम सेडाईँको संयुक्त इजलासले जेठ १८ गतेको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरेको छ ।

अदालतको अवहेलना मुद्धामा हेटौंडा १० नम्बर वडा कार्यालयसँग निवेदकको माग बमोजिम अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो ? भनी जवाफ माग गरेको छ । कारबाही नगर्नुपर्ने भए त्यसको कारण र आधार तथा प्रमाण राखी ७ दिनभित्र जवाफ पेस गर्न भनिएको छ ।

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट