Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

हेटौंडा अस्पतालमा पाइदैन एन्टी रेबिज भ्याक्सिन, बिरामीले चर्को मूल्य तिर्न बाध्य


हेटौंडा अस्पतालमा एन्टी रेबिज भ्याक्सिन नहुदा बिरामीलाई समस्या हुने गरेको छ । सरकारले निशुल्क रुपमा उपलब्ध गराउने उक्त भ्याक्सिन नहुदा बिरामी अस्पताल आएर फर्कन बाध्य छन् भने महङ्गो शुल्कमा बाहिर निजि स्वास्थ्य सस्थाबाट खरिद गर्नु परेको छ ।

ADVERTISEMENT

अस्पताल प्रशासनको लापरबाहीका कारण समयमा औषधि तथा खोप नल्याउदा बिरामीले सास्ती खेप्नु परेको छ । स्वास्थ्य संस्थालाई सरकारले निःशुल्क रुपमा वितरण गर्दै आइरहेको भ्याक्सिन विगत २ हप्तादेखि अभाव भएपछि कुकुरले टोकेका विरामीहरु नीजि क्लिनिकमा चर्को मुल्य तिरेर उपचार गर्न बाध्य भएका छन् ।

ADVERTISEMENT

कुकुर, बाँदरलगायत जनावरले टोकेपछि एन्टी रेबिज भ्याक्सिन लगाइन्छ । चिकित्सकका अनुसार जनावरले टोकेको थाहा पाएपछि खोप सकेसम्म चाँडै लगाउनुपर्छ । तर हेटौंडा अस्पतालमा बिरामी फर्किनु पर्ने बाध्यता रहेको छ ।

उता स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बागमती प्रदेशले केहिदिन अघिसम्म रेबिज भ्याक्सिनको अभाव रहेपनी अहिले भ्याक्सिन उपलब्ध भैसकेको जनाएको छ ।

ADVERTISEMENT

हेटौंडा अस्पतालका अनुसार अहिले दैनिक १५ देखि २० जना कुकुरलगायत पशुले टोकेर एन्टी रेबिज भ्याक्सिन लगाउन आउने गर्छन् । तर अस्पतालले बाहिर पठाउने गरेको छ ।


प्रकाशित मिति : बुधबार, २०८१ बैशाख १२, १२ :४५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट