हृदयघातबाट उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन
![](https://ap-south-1.linodeobjects.com/hetauda/2023/11/Death-Body-mritu.jpg)
काठमाडौं, १६ माघ । उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको हृदयघात हुँदा निधन भएको छ ।
हृदयघात भएपछि अस्पताल लगिए पनि उपचारका क्रममा उनको मंगलबार बिहान ५६ वर्षको उमेरमा निधन भएको हो । मंगलबार घरमा बसिरहेका बेला स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया