Techie IT
Hetauda Khabar

समुदायमा कांग्रेस अभियान, मकवानपुर लगायत कुन जिल्लामा को नेता जाँदैछन् ?


हेटौंडा । नेपाली काँग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानका लागि केन्द्रीय नेताहरुलाई प्रदेशगत रुपमा खटाएको छ ।

समुदायमा कांग्रेस अभियानका लागि फरक टोली फरक जिल्ला जाने गरी केन्द्रीय तहका नेतालाई जिम्मेवारी तोकिएको पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

नेताहरुलाई फरक–फरक जिल्लामा फरक–फरक समुदायको बीचमा पुग्न र संवाद गर्न प्रदेशगत रुपमा जिम्मेवारी दिइएको छ ।

अभियानको कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै फरक(फरक जिल्लामा फरक(फरक समुदायको बीचमा टोली खटाइएको टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरु पनि सहभागी हुने बताइएको छ।

यी हुन् जिल्लामा खटाइएका नेताहरू :

मधेस प्रदेश र बागमती प्रदेशका ४ जिल्ला :
१) प्रकाशमान सिंह– मधेसको महोत्तरी, सिराहा, सप्तरी र धनुषा तथा बागमतीको सिन्धुली र मकवानपुर ।
२) महालक्ष्मी उपाध्याय ‘डिना’ – बारा, पर्सा, रौतहट र सर्लाही तथा बागमतीको धादिङ र चितवन

कोशी प्रदेश :
१) डा.शेखर कोइराला– झापा र सुनसरी
२) डा.नारायण खड्का– सङ्खुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा
३) बलबहादुर के.सी.– मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुङ्गा र उदयपुर ।

बागमती प्रदेश
१) डा.मिनेन्द्र रिजाल– काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा ।
२) पुष्पा भुसाल – ललितपुर, भक्तपुर, रामेछाप र दोलखा

गण्डकी प्रदेश
१) महेन्द्र यादव– तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर
२) प्रदीप पौडेल– कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ

लुम्बिनी प्रदेश
१) विमलेन्द्र निधि– रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा
२) डा.डिला सङ्ग्रौला – कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी

कर्णाली प्रदेश
१) डा.शशाङ्क कोइराला – दैलेख, सल्यान र सुर्खेत

सुदूरपश्चिम प्रदेश
१) भीष्मराज आङ्देम्बे– कैलाली, डोटी, अछाम, बझाङ, डडेलधुरा, दार्चुला, बैतडी र कञ्चनपुर ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट