Techie IT
Hetauda Khabar

अमेरिकाबाट पठाइएको पार्सलमा लुकाइएको लागुऔषधसहित ३ जना पक्राउ


जिल्ला प्रहरी कार्यालय बाराले अमेरिकाबाट पठाइएको पार्सलमा लुकाइएको १ किलो १४६ ग्राम लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार लागुऔषध ओसारपसार हुँदैछ भन्ने सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले गत मंगलबार कलैया उपमहानगरपालिका-१ स्थित जिल्ला हुलाक कार्यालय नजिकबाट उक्त पार्सल र ३ जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा पर्साका २२ वर्षीय नैमोदिन मियाँ, २७ वर्षीय जितेन्द्र साह सोनार र २२ वर्षीय कृष्णा सराफ रहेका छन्। उनीहरुसँगबाट पपकर्न, ओट्स लेखिएका डब्बाभित्र लुकाइएको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको र पक्राउ परेका ३ जनालाई जिल्ला अदालत बाराले ५ दिनको म्याद थप गरेको जनाइएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट