Techie IT
Hetauda Khabar

हेटौंडा भेलाको निर्णय सुनाउन सातै प्रदेशका मुख्यमन्त्रीले आज प्रधानमन्त्रीलाई भेट्दै


हेटौंडा । सातै प्रदेशका मुख्यमन्त्रीहरूले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दै छन् । बिहान ८ बजे प्रधानमन्त्री प्रचण्डसँग भेटेर आफ्ना मागहरू राख्नेछन् ।

शुक्रबार हेटौंडामा सम्पन्न ‘अन्तर प्रदेश मुख्यमन्त्री बैठक’ ले प्रधानमन्त्रीसँग भेटेर छलफल गर्ने निर्णय गरेको थियो ।

केन्द्र सरकारले आवश्यक कानुन बनाएर अधिकार हस्तान्तरण नगरेको भन्दै सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला भएका थिए ।

बिहीबारबाट शुरू भएको भेलामा प्रदेश र स्थानीय तहका विज्ञहरू समेत सहभागी थिए ।

उनीहरूले प्रधानमन्त्रीलाई भेटेर भेलाको निष्कर्ष सुनाउनेछन् ।

बैठकले नौ बुँदे साझापत्र तयार गरेको थियो । बैठकले गरेका निर्णय कार्यान्वयन नगरे दबाबमूलक संघर्षका कार्यक्रम गरिने चेतावनी दिइएको छ ।

तीनै तहको सरकारलाई प्रभावकारी बनाउन संविधान निर्माणमा संलग्न प्रमुख दलहरूबीच साझा धारणा बनाउनुपर्ने निष्कर्ष बैटठकले निकालेको थियो ।

बैठकमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, कर्णालीका राजकुमार शर्मा, लुम्बिनीका डिल्लीबहादुर चौधरी, गण्डकीका सुरेन्द्रराज पाण्डे, वाग्मतीका शालिकराम जम्कट्टेल, मधेशका सरोजकुमार यादव र कोशी प्रदेशका केदार कार्कीको सहभागिता रहेको थियो ।


क्याटेगोरी : मुख्य खबर, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट