Techie IT
Hetauda Khabar

राप्रपाको कार्यक्रममा अबदेखि शाकाहारी खाना मात्रै खुवाइने


 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका केन्द्रदेखि वडा तहका कार्यक्रमहरूमा अबदेखि शाकाहारी खाना मात्रै खुवाउने भएको छ ।

राप्रपाले पार्टीका कार्यक्रममा नेता तथा कार्यकर्तालाई खानासँगै सागपात, दुधदही र फलफूललगायत सात्त्विक भोजन मात्रै खुवाउने भएको हो ।

अध्यक्ष राजेन्द्र लिङ्देनले जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका ब्यानरमा हुने कार्यक्रममा शाकाहारी खाना मात्र खुवाउन निर्देशन दिएका हुन् । गत आइतबारदेखि राप्रपाको केन्द्रीय कार्यसमिति बैठक जारी छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट