Techie IT
  • २७ माघ २०८२, मंगलबार
Hetauda Khabar
  • २७ माघ २०८२, मंगलबार

आजदेखि सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुल्ने


देशभरका सरकारी कार्यालय बिहीबारदेखि अपरान्ह ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन् । सरकारले हिउँदका तीन महिना बिहान १० देखि अपराह्न ४ बजेसम्म मात्रै कार्यालय सञ्चालन हुने व्यवस्था गरेको छ ।

ADVERTISEMENT

दिनहरू पनि छोटो हुने र जाडोयाम समेत भएकाले सरकारले कात्तिक १५ देखि माघ १५ सम्म सरकारी कार्यालयको कार्यालय समय एक घण्टा कम हुने प्रावधान गर्ने गरेको हो ।

ADVERTISEMENT

जसअनुसार अब बिहान १० बजे खुलेका सरकारी कार्यालय बेलुका ४ बजेनै बन्द हुनेछन् । यी तीन महिनाबाहेकको समयमा भने सरकारी कार्यालयहरुले विहान १० बजेदेखि ५ बजेसम्म खुला हुनुपर्ने व्यवस्था छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेरै कार्यालय समय तोक्दै आएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८० कार्तिक १६, १२ :३६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट