Techie IT
Hetauda Khabar

हेटौंडामा जुवाको खालबाट ४ लाख ६५ हजारसहित ९ जना पक्राउ


हेटौंडामा तास खेलिरहेको अवस्थामा लाखौँ रकमसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

बिहिबार साझ हेटौंडा उपमहानगरपालिका ७ देवी वन टोल स्थित गोकुल नाथ पौडेलको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले तासको खालबाट चार लाख पैसट्ठी हजार तिन सय नब्बे रुपैंया र ४ बुक तास बरामद गरेको जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिनेहरुमा हेटौंडा-८ बस्ने अजय खड्का, रोहित कुमार के.बी., भरत तितुङ,मंदिप पौडेल , हेटौंडा-७ बस्ने रुपक चौलागाई, बिरेन्द्र खत्री, गोकुल नाथ पौडेल, सबिन चौलागाई र हेटौंडा-१५ बस्ने ओम घलान रहेका छन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट