जुवा खेलिरहेको अवस्थामा हेटौंडाबाट १८ जना पक्राउ
जुवा खेलिरहेको अवस्थामा हेटौंडाबाट १८ जना पक्राउ छन् ।
हेटौंडा उपमहानगरपालिका-६ चौघडा स्थित ध्रुब राइको घरमा जुवा खेलिरहेकालाई प्रहरीले पक्राउ गरेको बताएको छ । उनीहरुको साथबाट १७ थान कौडा, ३१ हजार ८ सय २० रुपैंया नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बिशेष सुचनाको आधारमा चौघडा प्रहरी चौकीबाट गएको टोलीले च्याखे थाप्ने, हेर्ने १७ जना पुरुष र घरबेटी १ जना पुरुष गरी १८ जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, २०७९ कार्तिक १२, ११ :२६ बजे
ट्याग : #पक्राउ






















प्रतिक्रिया