Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

युवालाई खुकुरी प्रहार गरेको आरोपमा गुण्डा नाइके ‘राधे’ पक्राउ


धादिङमा एक युवालाई खुकुरी प्रहार गरेको आरोपमा गुण्डा नाइके राधाकृष्ण भण्डारी ‘राधे’ पक्राउ परेका छन् ।

ADVERTISEMENT

धादिङ सदरमुकामको अस्पताल चोक बीचबजारमा भिमबहादुर गुरुङलाई खुकुरी प्रहार गरेको आरोपमा उनी पक्राउ परेका प्रहरीले जनाएको छ । हिजो बेलुका ना ८७ प १९५० नम्बरको मोटरसाइकलमा रहेका नीलकण्ठ नगरपालिका–४ का २५ वर्षका गुरुङलाई ३९ वर्षका भण्डारीसहित अरु केहिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी श्याम खत्रीले जानकारी दिनुभयो ।

ADVERTISEMENT

दायाँ हातमा चोट लागेका घाइते गुरुङको धादिङ अस्पतालमा उपचार भैरहेको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०७९ कार्तिक २, ०८ :५२ बजे
ट्याग : #गुण्डा, #धादिङ, #पक्राउ

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट