Techie IT
Hetauda Khabar

हेटौंडामा आफ्नै भाईले दाईलाई पेट्रोल छर्केर आगो लगाएपछी….


हेटौंडा । हेटौंडामा मादक पदार्थ सेवन गरि भाईले आफ्नै सहोदर दाईलाई पेट्रोल छर्केर आगो लगाएका छन् ।

शनिबार बिहान साढे १२ बजे हेटौडा उपमहानगरपालिका-४ स्थित चिल्ड्रेन पार्कको सडक स्थित गरदेई घर भएका ३२ वर्षीय कुमार गिरीलाई निजकै भाई २८ वर्षीय रवि गिरीले मारपिट गरी शरीरमा पेट्रोल छर्केर आगो लगाएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

घाइते कुमारको हेटौडा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन रिफर गरिएको छ।

आफ्नै भाईलाई आगो लगाउने रवि गिरी प्रहरी नियन्त्रणमा रहेका छन्।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट