Techie IT
Hetauda Khabar

कटुवा पेस्तोलसहित मकवानपुर प्रहरीको फन्दामा दुईजना


मकवानपुर प्रहरीले कटुवा पेस्तोलसहित मनहरी–९ बाट दुईजनालाई पक्राउ गरेको छ ।

हेटौंडा । प्रहरीले राक्सिराङ गाउँपालिका–२ बस्ने २६ वर्षीय लालकुमार तितुङ र १९ वर्षीय ज्ञानबहादुर स्याङ्तानलाई कटुवा पेस्तोल एकथान र बारुद भरेको दुई वटा फलामको खोकासहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हरियाली सामुदायिक वनमा खरङ्गाबाट राक्सिराङ आउँदै गरेको बा ४१ प २८१८ नं. को मोटरसाइकल चालक तितुङ र पछाडि सवार स्याङ्तानलाई चेक गर्दा स्याङ्तानको साथबाट कटुवा पेस्तोल र बारुद बरामद गरेको थियो ।

पक्राउ परेका दुबैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट