Techie IT
Hetauda Khabar

बकैया युवा क्लब बन्यो मकवानपुर जिल्ला लिग छनोट च्याम्पियन


हेटौँडा, १७ असोज । मकवानपुरको बकैया गाउँपालिकाको बकैया युवा क्लबले मकवानपुर जिल्ला लिग छनोट फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

पिप्ले-क्याम्पा रंगशाला हेटौँडामा भएको फाइनल खेलमा बकैयाले पञ्चशिल युवा क्लबलाई ४–० गोलले हराउँदै उपाधि उचालेको हो।

खेलमा बकैयाका अभिषेक ब्लोनले २ गोल गर्दा छेवंग लामा र सुजन गुरुङले १/१ गोल गरे।

१२ टिम सहभागी प्रतियोगितामा बकैया पहिलो पटक च्याम्पियन बनेको हो। बकैयाका अभिषेक ब्लोनलाई उत्कृष्ट फरवार्डको पुरस्कार प्रदान गरिएको छ।


क्याटेगोरी : खेलकुद, मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट