Techie IT
Hetauda Khabar

टोपबहादुर रायमाझीलाई छाड्न उच्च अदालत पाटनद्वारा अस्वीकार,टेकनाथ रिजाललाई धरौटीमा छोड्ने आदेश


नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको सिलसिलामा पक्राउ परेका भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई छाड्न अदालतले अस्वीकार गरेको छ ।थुनछेकविरुद्धको पुनरावेदनउपर सुनुवाइ गर्दै उच्च अदालत पाटनले रायमाझीलाई छाड्न अस्वीकार गरेको हो ।
टेकनाथ रिजाललाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ।

न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले शुक्रबार भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

त्यस्तै उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ ।पुनरावेदन उपर सुनुवाइ गर्दै रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो ।

धरौटी तोकिएकाहरुमा नरेन्द्र केसीलाई १० लाख, हरिभक्त महर्जनलाई १५ लाख, शमशेरमियालाई १० लाख,सन्दिप रायमाझीलाई ३० लाख,टेकनाथ रिजाललाई १५ लाख धरौटी तोकिएको छ र लक्ष्मी महर्जन,आशिष बुढाथोकि, टंक गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिइएको छ।


क्याटेगोरी : मुख्य खबर

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट