Techie IT
Hetauda Khabar

बागमती गोल्डकप : सेमिफाइनल प्रवेशका लागि एपीएफ र चर्च ब्वाइज भिड्दै


हेटौंडा, ४ फागुन । पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता शुक्रबार दोस्रो क्वाटरफाइनलका खेल हुँदैछ ।

बागमती–८ स्थित जनता माविको खेल मैदानमा हुने खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्बल र चर्च ब्वाइज युनाईटेड भिड्दैछ ।

दुई टिमबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । विजयी टोलीले सेमिफाइनलमा स्थान बनाउने छ भने फाइनल प्रवेशका लागि आयोजक बागमती खेलकुद विकास समिती र विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत शनिबारको क्वाटरफाइनल खेलमा जावला खेल युथ क्बल र मछिन्द्र युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल गोल्डकपको दोस्रो संस्करणको उपविजेता र तेस्रो संस्करणको विजेतासमेत हो ।

प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


क्याटेगोरी : खेलकुद, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट