Techie IT
  • २५ माघ २०८२, आईतबार
Hetauda Khabar
  • २५ माघ २०८२, आईतबार

मकवानपुर गोल्डकप : नेपाल पुलिसलाई हराउँदै राजारानी क्लब क्वार्टरफाइनल प्रवेश


हेटौंडा । मकवानपुर गोल्डकपको शुक्रबार भएको प्रतियोगितामा नेपाल पुलिस क्लबलाई हराउँदै धनकुटाको राजारानी क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ। राजारानीले पुलिसलाई २–० ले हराएको हो।

ADVERTISEMENT

पहिलो हाफ गोलरहित बराबरी खेलेको राजारानीले दोस्रो हाफमा दुई गोल गरेको थियो। खेलको ५३ औँ मिनेटमा विदेशी खेलाडी अजायी मार्टिन्सको गोलमार्फत राजारानीले अग्रता लिएको हो।

ADVERTISEMENT

६४ मिनेटमा राजारानीले अग्रता दोब्बर बनायो। क्रसबाट आएको बललाई सुशिल लामाले गोल गर्दै अग्रता दोब्बर पारेका हुन्।

खेलको म्यान अफ द म्याच पहिलो गोलकर्ता मार्टिन्स घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

ADVERTISEMENT

जारी प्रतियोगितामा शनिबार आज न्यूरोड टिम एनआरटी र चर्च ब्वाइज क्लबको खेल हुनेछ।

यही माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ, उपविजेताले दश लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछन्।


प्रकाशित मिति : शनिबार, २०८० माघ २०, ०८ :३८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट