Techie IT
Hetauda Khabar

हेटौंडा ११ को वडास्तरीय वक्तृत्वकलाको उपाधि अजेसलाई


हेटौंडा । बाल श्रम बाल शोषण र हिंसा अन्त्य गर्नुमा बालबालिकाको भुमिका बिषयक वक्तृत्वकलामा असेज अधिकारी प्रथम भएका छन् ।

वडा स्तरीय बाल समूह सन्जालको आयोजना तथा ११ नम्बर वडा कार्यालय र सहिद स्मारक बिकास समितिको समन्वयमा आइतबार आयोजित सहिद सप्ताह कार्यक्रममा भएको वक्तृत्वकलामा अधिकारी प्रथम भएका हुन् ।

यस्तै कार्यक्रममा आचल सुवेदी दोस्रो, सायना सपकोटा तेस्रो भए भने सृष्टि उप्रेती सान्त्वना भएकी छिन् । उनिहरुले क्रमशः ५ हजार, ३ हजार र तेस्रो र सान्त्वनालाई नगद २/२ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

वक्त्तृवकलाका लागि वडाका २५ जना बालबालिकाको सहभागिता रहेको थियो । वक्त्तृवकलाको निर्णायकमा आरति पाठक, अर्पण पराजुली र माया लामा रहेका थिए ।

कार्यक्रमका सहभागीहरुलाई आइतबारनै सहिद स्मारक बिकास समितिका सचीव रघुनाथ खुलालले पुरस्कार र प्रमाणपत्र बितरण गरेका हुन् ।

सप्ताहव्यापी कार्यक्रम अनुसार भोली माघ १५ गते सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण र शिक्षक खुल्ला दौड प्रतियोगिता तथा अन्तिक दिन माघ १६ गते प्रभातफेरी, सहिद प्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचन तथा समापन कार्यक्रम हुने सचिव खुलालले जानकारी दिए ।

१५ गते हुने साँस्कृतिक कार्यक्रममा गायक प्रकाश कटुवाल, भिमसेन खतिवडा, गायिका रिया खड्का लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहने छ ।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट