Techie IT
Hetauda Khabar

घट्यो सुनको मुल्य,तोलामा कति छ ?


हेटौंडा, १ फागुन  । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ। चाँदीको भाउ भने स्थिर रहेको छ।

आज सुनको भाउ प्रतितोला ३०० रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो। सोमबार भने सुनको कारोबार स्थिर रहेको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।


क्याटेगोरी : अर्थबाणिज्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट