Techie IT
Hetauda Khabar

भीमफेदीबाट भागेका कैदी हेटौंडाको राप्ती खोलामा माछा मार्दै, प्रहरी देखेपछी टाप


भीमफेदी कारागारबाट भागेका कैदी हेटौंडा स्थित राप्ती खोलामा माछा मार्दै गरेको अवस्थामा फेला परेका छन् ।

क्षेत्रिय कारागार भीमफेदीबाट २४० बढी कैदी फरार भएका थिए । फरार कैदीहरु खोलैखोला हेटौंडाको राप्ती पुल नजिक आइपुगेको हुनसक्ने बताइएको छ ।

केही कैदीहरु खोलाको बीच भागमा माछा मारेको जसरी पानीमा घुमिरहेका छन् । उनीहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्व खड्कासहितको टोली राप्ती पुलमा पुगेको थियो । प्रहरीलाई देख्नासाथ उनीहरु जंगल भित्र पसेका छन् ।

फरार कैदीहरुलाई प्रहरीले  विभिन्न स्थानबाट धमाधम पक्राउ गरिरहेको छ । हालसम्म १५ जना भन्दा बढी कैदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट