Techie IT
  • ६ वैशाख २०८३, आईतबार
Hetauda Khabar
  • ६ वैशाख २०८३, आईतबार

देशभर निषेधाज्ञा र कर्फ्यु आदेश, अवज्ञा गरे कडा कारबाही गर्ने सेनाको चेतावनी


नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको छ।

ADVERTISEMENT

नेपाली सेनाले बिहिबार बिहान ६ बजेसम्मका लागि देशभर कर्फ्यू आदेश जारी गरेको छ। केहीबेर अघि नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

ADVERTISEMENT

नेपाली सेनाले जारी गरेको विज्ञप्तिअनुसार, आज (भाद्र २५ गते) बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा कायम रहनेछ भने त्यसपछि भोलि भाद्र २६ गते बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागू हुनेछ। परिस्थितिको विश्लेषण गरेर थप जानकारी गराइने सेनाले बताएको छ।

आदेशको उल्लंघन गरेर आन्दोलन, तोडफोड, आगजनी तथा व्यक्ति तथा सर्वजनिक सम्पत्ति लक्षित हर्कत गरे सुरक्षाकर्मीले कडा कारबाही गर्ने चेतावनी पनि नेपाली सेनाले दिएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८२ भदौ २५, १० :३९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट