Techie IT
  • २७ माघ २०८२, मंगलबार
Hetauda Khabar
  • २७ माघ २०८२, मंगलबार

रविले भने- ‘म आफैँ आजै अहिले नै गिरफ्तारी दिँदैछु’


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने प्रहरी समक्ष आफैँ गिरफ्तारी दिने भएका छन्।

ADVERTISEMENT

उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीलगायतको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश गरेसँगै उनले आफैँ प्रहरी समक्ष गिरफ्तारी दिने बताएका हुन्।

ADVERTISEMENT

‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैँ आजै अहिले नै गिरफ्तारी दिँदैछु। साथै, न्यायलयका अन्य ढोकाहरू मेरा लागि खुल्ला होलान् नै। न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु। ममाथि ठूलो अन्याय भएको छ। चितवनको सभा नरोक्नुस्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८१ चैत्र २२, २१ :१८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट