Techie IT
  • ३० फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ३० फागुन २०८२, शनिबार

नक्कलि बुवा बनि भारतीयलाई नेपाली नागरीकता दिलाउने पक्राउ


सिरहामा नक्कली बुवा बनी भारतीय नागरीकलाई नागरीकता बनाउने अमानत मिँयालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ADVERTISEMENT

भारतको विहार मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायत देउधाका मोस्ताक मिँयाको नक्कली बुवा बनेर नागरीकता दिलाउने नरहा गाँउपालिका- ३ खोरीयाका अमानत मिँयालाई प्रहरीले अनुसन्धानको लागी नियन्त्रणमा लिएकाे हाे ।

ADVERTISEMENT

वडाले सिफारीसलाई आधार मानी जिल्ला प्रशासन कार्यालय सिरहाले २०८० असार २६ मा भारतीय नागरिक मोसताकका नाममा १५०१८०–४३६२ नम्बरको नागरिकता जारी गरिएको थियो । नक्कली बुवा बनेका अमातन मियाँलाई मंगलबार साँझ घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मिँयालाई नियन्त्रणमा लिए पनि विभिन्न राजनितिक दवावका कारण वडा अध्यक्ष रुस्तम अन्सारी र सचिव रामदेव मण्डललाई प्रहरीले प्रकाउ गर्न नसकेको स्थानियहरुको आरोप छ। नेपालमा सानालाई ऐन ठुलालाई चैन भनेझै यो घटनाक्रमले देखाएको स्थानियहरुको भनाई छ।

ADVERTISEMENT

सिरहा जिल्ला अदालतबाट आज म्याद लिएर उनीमाथि विस्तृत अनुसन्धान सुरु भएको प्रहरीले बताए । यसमा संलग्न सबैलाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउँने प्रहरीले जनाएको छ।


प्रकाशित मिति : बुधबार, २०८१ चैत्र ६, १५ :५७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट