Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

हेटौंडाको फ्युचर ड्रिम कन्सल्टेन्सी अबैधरुपमा संचालन, दर्ता कतै छैन, असुल्छ मोटो रकम


हेटौडामा वैदेशिक शिक्षाका नाममा एजुकेसन कन्सल्टेन्सीहरू च्याउसरी खुलेका छन्।

ADVERTISEMENT

विभिन्न भाषा कक्षाहरू र एब्रोड स्टडीका नाममा कानुन विपरीत सञ्चालित हेटौडाका कन्सल्टेन्सीहरूले गैरकानुनी रुपमा विद्यार्थीहरूलाई प्रलोभनमा पारेर शिक्षाका नाममा चर्को शुल्क उठाइरहेका छन् ।

ADVERTISEMENT

केही समयअघि सञ्चार माध्यममा लगातार समाचार बनाइएपछि यहाँका केही अवैधानिक रुपमा सञ्चालित ट्युसन सेन्टर तथा कन्सल्टेन्सीहरू सम्बन्धित निकायमा धाएका थिए। तर फेरि यस्ता कन्सल्टेन्सीहरू दर्ता नै नगरी विद्यार्थीबाट चर्को शुल्क असुल गर्दै सञ्चालनमा आएको पाइएको छ।

कुनै पनि भाषा शिक्षा पढाउनको लागि तथा काउन्सलिङका लागि संस्था प्रदेशको सामाजिक विकास मन्त्रालयमा दर्ता हुनुपर्छ। १ लाख धरौटी बुझाएर सम्बन्धित सम्पूर्ण मापदण्ड पूरा गरेपछि मात्र मन्त्रालयले त्यस्ता कन्सल्टेन्सीहरुलाई अनुमति दिने गर्दछ तर, हेटौडामा रहेका अधिकांश यस्ता कन्सल्टेन्सीहरू बिना दर्ता सञ्चालित रहेको पाइएको छ। सुरुमा दर्ता अनुमति लिएका पनि नवीकरण नभई कानुन विपरीत सञ्चालनमा रहेको भेटिएको हो।

ADVERTISEMENT

यसै क्रममा हेटौंडा उपमहानगरपालिका-४ शितलमहल चोकमा रहेको फ्युचर ड्रिम कन्सल्टेन्सी अवैध रुपमा सञ्चालनमा रहेको पाइएको छ। केही महिनादेखि सञ्चालनमा आएको यस कन्सल्टेन्सी सम्बन्धित कुनै पनि निकायमा दर्ता नै नगरी विद्यार्थीहरू पढाउने र चर्को शुल्क उठाउने गरेको पाइएको हो। यस कन्सल्टेन्सीले अस्ट्रेलिया युएसए, युके, क्यानडा, साउथ कोरिया, फिनल्यान्ड, दुबै, इन्डिया लगायतका देशहरूको वैदेशिक शिक्षा तथा रोजगारका लागि भन्दै भाषा शिक्षा पढाउने र काउन्सलिङको कार्य गरिरहेको छ तर, यस कन्सल्टन्सीले कुन देशका लागि भाषा शिक्षा पढाउन पाउने हो अनुमति भने कुनै पनि निकायबाट लिएको छैन।

अवैध रुपमा सञ्चालित फ्युचर ड्रिम कन्सल्टन्सीले विद्यार्थीबाट चर्को शुल्क उठाउँदै आइरहेको छ।

विभिन्न शैक्षिक परामर्श सम्बन्धी कार्य गर्ने यस्ता कन्सल्टेन्सी २०७२ सालमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दर्ता गर्ने गर्दथ्यो। हाल बागमती प्रदेश सरकारले छुट्टै कानुन बनाएर दर्ता प्रक्रियामा ल्याउने मापदण्ड तयार पारेको छ।

सामाजिक विकास मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषाशिक्षण निर्देशिका २०७९ जारी गर्दै सोही आधारमा प्रदेश स्तरमा शैक्षिक परामर्श संस्थाहरू दर्ता प्रक्रियामा जानुपर्ने हुन्छ। तर यहाँका कन्सल्टेन्सीहरू कम्पनी रजिस्टार अन्तर्गत दर्ता भएको र अडिट रिपोर्ट मात्र गरी त्यसैको आधारमा अन्य कुनै पनि निकायमा बिना दर्ता संस्था सञ्चालन गरिरहेका छन् ।

अहिले हेटौडामा रहेका अधिकांश यस्ता कन्सल्टेन्सीहरूलाई सम्बन्धित निकायले अनुगमन गर्न सकेको छैन। उनीहरुमाथि अनुगमन तथा नियमन गर्न नसक्दा ठगीका घटना पनि बढ्दै गइरहेको छ। शैक्षिक परामर्शका लागि खोलिएका हेटौडाका संस्थाहरु कामदार पठाउने धन्दामा समेत लागेको भेटिएको छ। कन्सल्टेन्सीहरुले नक्कली प्रमाणपत्र राख्ने नक्कली विवाह लगायतका कागजहरु बनाएर विदेश पठाउने र विद्यार्थीलाई अलपत्र पार्ने जस्ता घटनामा संलग्न रहेको समेत पाइएको छ ।

त्यस्तै युरोप अमेरिका क्यानडा लगायतका देशहरूमा वर्किङ भिसामा पठाइदिने भन्दै विद्यार्थीको लाखौं रुपैयाँ ठगिरहेका छन्। तर सम्बन्धित कुनै पनि निकायले यसबारे चासो देखाएको छैन।

केही समयअघि प्रदेश राजधानी हेटौडामा करिब ३ दर्जन बढी इन्स्टिच्युट तथा कन्सल्टेन्सीहरू रहेका थिए। हेटौडा खबरले नियमित यसबारे समाचार प्रकाशन गरेपछि स्थानीय प्रशासनले अवैधानिक रुपमा सञ्चालनमा रहेका यस्ता संस्थालाई कारबाही समेत गरेको थियो।

प्रदेशको सामाजिक विकास मन्त्रालयले सम्पूर्ण संस्थाहरुलाई सञ्चालन अनुमति लिन आवश्यक मापदण्ड पुर्‍याएर दर्ता हुन आउन भनेपछि यहाँका केही सस्हथारु दर्ता समेत भएका थिए तर अहिले हेटौडामा यस्ता अवैधानिक इन्स्टिच्युट तथा कन्सल्टेन्सी छ्यापछ्याप्ती खुलेका छन्। गल्लीगल्लीमा केही कोठाहरू भाडामा लिएर कन्सल्टेन्सीको नाममा कमाउधन्दा चलाइरहेका छन् ।

यस्ता संस्थाका कारण विद्यार्थीको मोटो रकम फस्ने गरेको छ। अवैध रुपमा खोलिएका इन्स्टिच्युट तथा कन्सल्टेन्सीले विभिन्न विषयका प्रवेश परीक्षा तयारी कक्षा र शैक्षिक परामर्शको नाममा विद्यार्थीसँग लाखौं रकम असुल्ने गरेका छन्।

हेटौंडामा केही समय अघि यस्था सस्थाहरुको बिगबिगी कम भएको थियो तर, अहिले दर्ता नै नगरी यस्ता संस्था विद्यार्थी ठग्न छ्यापछ्याप्ती खुलेका छन् । यसबारे सम्बन्धित कुनैपनि निकायले भने चासो दिएको छैन ।


प्रकाशित मिति : बुधबार, २०८१ माघ ९, १७ :३० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट