Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

अर्जुन तिवारीविरुद्द प्रहरीमा किटानी जाहेरी, अनुसन्धान गर्दै प्रहरी


नक्कली नम्बर प्लेट राखेर मोटरसाइकल चलाउने नेपाली कांग्रेस मकवानपुरका सदस्यसमेत रहेका हेटौंडाका अर्जुन तिवारी विरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी परेको छ ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका-१२ का तिवारी आसन्न उपनिर्वाचनमा कांग्रेसको तर्फबाट वडाअध्यक्षको उम्मेदवार हुन् । उनले ३० चैत २०७९ मा हेटौंडाका पत्रकार रमेश बन्जारालाई झुटो मुद्धामा फसाउनको लागि एक महिलालाई प्रयोग गरी नक्कली घटनास्थल स्थापित गराउन उक्त मोटरसाइकल प्रयोग गरेका थिए ।

ADVERTISEMENT

प्रदेश ३-०३-००२ प ७९३२ नम्बरको उक्त मोटरसाइकल उनले प्रयोग गरेको सिसिटिभी फुटेज हेटौंडाखबरले सार्वजनिक गरेपछी तिवारीले उक्त मोटरसाइकल गायब पारेका थिए । अहिले उक्त मोटरसाइकलमा प्रयोग भएको नम्बर नक्कली भएकोसमेत पत्ता लागेको छ ।

हेटौंडा स्थित यातायात कार्यालयमा उक्त नम्बर चितवनका एक व्यक्तिको स्कुटरको नाममा दर्ता कायम रहेको यातायात कार्यालयको ढड्डामा उल्लेख छ । तिवारीले प्रयोग गरेको मोटरसाइकल चोरीको हुनसक्ने आशंका र नक्कली नम्बर प्रयोग गरेको पाइएपछी पत्रकार बन्जराले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दिएका छन् ।

ADVERTISEMENT

जाहेरी पछी यस सम्बन्धमा प्रहरीले आवस्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

‘हामीले अनुसन्धान अघि बढाएका छौं, यातायात कार्यालयले उक्त नम्बर चितवनका एक व्यक्तिको स्कुटरको रहेको कागजात पठाएको छ’, जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी स्यामु अर्यालले जानकारी दिए । उनका अनुसार उक्त नम्बरका सवारी धनीलाई प्रहरीले बोलाएको छ ।

यातायातले दिएको सवारी धनी उपर आवस्यक अनुसन्धान पछी जाहेरी परेका व्यक्तिलाई पनि झिकाएर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

 


प्रकाशित मिति : मङ्लबार, २०८१ मंसिर ११, १६ :१६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट