Techie IT
  • १२ फागुन २०८२, मंगलबार
Hetauda Khabar
  • १२ फागुन २०८२, मंगलबार

हेटौंडाको सिद्धार्थ शिशु सदनले मनायो ४३ औं अभिभावक दिवस


हेटौंडा उपमहानगरपालिका ५ मा रहेको सिद्धार्थ शिशु सदन विद्यालयले शुक्रबार ४३ औं अभिभावक दिवस मनाइएको छ । विद्यालयका प्रिन्सिपल निर्मल पराजुलीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरका मेयर मीना कुमारी लामाको प्रमुख अतिथ्यतामा कार्यक्रम गरिएको हो ।

ADVERTISEMENT

अभिभावक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर लामाले विद्यालयको मकवानपुरमा छुट्टै इतिहास रहेको र गुणस्तरीय शिक्षा प्रदानमा सिद्धार्थ शिशु सदनको योगदान निकै महत्वपुर्ण रहेको बताइन् । उनले विद्यालयले दिने गुणस्तरीय शिक्षा, अतिरिक्त क्रियाकलाप र शिक्षामा पुर्याएको योगदानले निरन्तरता पाइरहोस् भनी शुभकामनासमेत व्यक्त गरिन । उनले सस्थागत विद्यालयमा जस्तै सामूदायिक विद्यालयहरुमा पनि शैक्षिक गुणस्तर परिवर्तन गर्न आफुहरु लागि परेको भनाइ राखिन्।

ADVERTISEMENT

उनले संस्थागत विद्यालयको जस्तै सामूदायिक विद्यालयहरुमा सानो कक्षाबाट नै अंग्रेजी भाषालाई बढी प्राथमिकता दिन सकिए सबै विद्यार्थीहरु उत्कृष्ट बन्ने बताइन् । हेटौंडा उपमहानगर शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रम लिएर विद्यार्थीहरुलाई पठनपाठनमा थप हौसला प्रदान हुने खालका कामहरु गरिने बताइन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज अर्याल, प्याव्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठ, प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी, अभिभावक व्यस्थापन समितिका सदस्य रन्जिता केसी, अभिभावकलगायत विभिन्न व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले बिभिन्न नृत्य प्रस्तुत गरेका थिए भने विद्यार्थीले मार्चपाससमेत गरेका थिए ।

अभिभावक दिवसको अवसरमा विद्यालयले कक्षागत पहिलो, दोस्रो र तेस्रो स्थानका विद्यार्थी, एसईइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु, विद्यालयले आयोजना गरेका खेलकुदका विजेताहरु, स्टुडेन्ट अफ द ईअर, डिसिप्लिन अफ द ईअरलगायत विधाका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

कक्षा १० सम्म पठनपाठन गरिने विद्यालयमा करिब एक हजार विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

 


प्रकाशित मिति : शुक्रबार, २०७९ फाल्गुन १२, १५ :५० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट