फेरी थपियो हेटौंडामा निषेधाज्ञा, यी पसलहरु खोल्न पाईने

हेटौंडा खबर
६ असार २०७८, आईतवार १९:५७

मकवानपुरमा जारी निषेधाज्ञा थप खुकुलो बनाएर एक हप्ता लम्ब्याईएको छ । असार ७ गते सोमबार राती सम्म जारी निषेधाज्ञा आइतबार आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले एक हप्ता थप गरेको हो ।

निषेधाज्ञा थप गरेपनि भोलिदेखि निजि सवारी जोर बिजोर गरी संचालन गर्न पाईने भएको छ भने अन्य केहि व्यवसाय संचालन गर्न पाईने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) को पसल विहान ४:०० बजेदेखि विहान १०:०० बजेसम्म मात्र खोल्न पाइने छ ।

हेटौडा खोपेगल्लीमा रहेका सम्पूर्ण पसल र बसपार्कमा रहेका खुद्रा तरकारी तथा माछामासु बजार भने पूर्णरूपमा बन्द नै रहने प्रशासनले जनाएको छ । त्यस्तै  पुस्तक तथा स्टेसनरी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरू, हार्डवेयर पसल, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ताचप्पल पसल, सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् विक्रीवितरण गर्ने पसल दिनको १२:०० बजेदेखि दिनको ४:०० बजेसम्म  खोल्न पाइने निर्णय भएको छ । तर फुटपाथमा पसल राख्ख नपाउने बताइएको छ ।

त्यस्तै रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलहरूबाट टेकअवे र होमडेलिभरी हुने गरी मात्र दिनको १२:०० बजेदेखि दिनको ४:०० बजेसम्म खोल्न पाइने भएको छ । पसल तथा व्यवसाय सञ्चालन गर्दा अनिवार्यरूपमा मास्कको प्रयोग, भौतिक दूरी कायम, जनस्वास्थ्यका मापदण्ड
पालना र भिडभाड नहुने सुनिश्चितता सम्बन्धित व्यवसायीले गर्नुपर्ने प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा उल्लेख छ ।

यसबाहेकका अन्य सबै पसल तथा व्यवसायहरू खोल्न नपाइने प्रशासनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*