सुनको मूल्यमा गिरावट, कतिमा भइरहेको छ कारोबार ?

हेटौंडा खबर
१७ चैत्र २०७७, मंगलवार १३:२१

नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सोमबारको तुलनामा ५०० रूपैयाँले घटेर आज मंगलबार ‍छापावाला सुन प्रतितोला ८६ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८५ हजार ५५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज प्रतितोला १० रूपैयाँ घटेर १२१५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*