उत्कृष्ट खेल खेल्दै हेटौंडाका अमिर श्रेष्ठले जिते ‘बुलेट बाइक’

हेटौंडा खबर
७ चैत्र २०७७, शनिबार १९:१५

रिगल हेटौंडा रिसोर्ट मकवानपुर ११ का खेलाडी अमिर श्रेष्ठले बुलेट बाइक जितेका छन् । हेटौंडामा भएको स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय गोल्डकप प्रतियोगिताको उत्कृष्ट खेलाडी स्वरूप उनले बुलेट बाइक जितेका हुन् ।

हेटौंडा -१० बन बिज्ञान अध्यन संस्थानको खेल मैदानमा भएको खेलको सबैभन्दा उत्कृष्ट खेलाडी अमिर श्रेष्ठ बनेका हुन् । हेटौंडा स्कुल अफ म्यानेजमेन्टले सौजन्य गरेको बाईक श्रेष्ठले हात पारेका हुन् ।

उपाधि त्रिभुवन आर्मीको पोल्टोमा 

हेटौँडामा शनिबार भएको स्थानीय तह सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७७ को तेस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । फरेष्ट्री खेल मैदानमा भएको फाइनल खेलमा घरेलु टोली मकवानपुर–११ लाई एक गोल गर्दै आर्मीले उपाधि कब्जा गरेको हो ।

पहिलो हाफको ३८ औं मिनेटमा त्रिभुवन आर्मी क्लवका जर्सी नम्बर २७ का टेक बहादुर बुढाथोकीले गरे । उनले गरेको गोलनै उपाधिका लागि निर्णायक बन्यो ।आयोजक क्लब मकवानपुर–११ ले खेलमा गोल गर्न पाएको थुप्रै मौका गुमाउदै उपविजेतामा चित्त बुझाउनु पर्यो ।

खेलको दोस्रो हाफमा घरेलु टोलि रिगल हेटौंडा रिसोर्ट मकवानपुर ११ ले उत्कृष्ट खेल प्रदर्शन गरेपनि गोल भने गर्न सकेन ।

प्रतियोगिताको विजेता त्रिभुवन आर्मी क्लबले नगद १० लाख रुपैँया सहित रनिङ शिल प्राप्त गरेको छ भने उपविजेता मकवानपुर–११ ले नगद ५ लाख रुपैँया रनिङ शिल्ड प्राप्त गरेका छन् ।खेलको म्यान अफ दी म्याच आर्मीका टेक बहादुर बुढाथोकी घोषित भए । उनले नगद दशहजार रुपैँया प्राप्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*