हेटौंडाका गीतकार बिमल ओझाको ‘ल ल भैगो’ (भिडियो सहित )

हेटौंडा खबर
१५ पुष २०७७, बुधबार २१:०४

हेटौंडाका गीतकार बिमल ओझाले ‘ल ल भैगो’ शीर्षकको गीत र म्युजिक भिडियो बजारमा ल्याएका छन्।

गायक सजल न्यौपानेले गाएको ‘ल ल भैगो’ डिसेम्बर १७ मा सार्वजनिक भएको हो । गीतमा सागर न्यौपानेले सङ्गीत भरेका हुन् भने म्युजिक भिडियोमा कलाकार देबेन्द्र बब्लु र सुरबिना कार्कीको अभिनय रहेको छ ।

भिडियो अनुप चापागाईंले निर्देशन गरेका हुन् । गीतले प्रेमी प्रेमिकाबीचको मनोभावनालाई देखाइएको छ।

एउटा कारखानाभित्रको दृश्यमा छायाँकन भएको म्युजिक भिडियोमा मन परेकी मायालुप्रतिप्रेमीले  एकोहोरो प्रेम देखाएका छन् । प्रेमिकालाई फकाउन आफ्नो हार स्वीकार गरी माया प्रकट गरेका दृश्यहरु छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*